डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

उज्यालो प्रतिनिधि १३ श्रावण २०७८, बुधबार विश्व

काठमाडौँ । संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिएको हो । डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिएका छन । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए ।

उनका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ ।त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरु भएको थियो । सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो । तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरुले आजसम्म यो मिसन जारी राखेका थिए । तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो ।

गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मंगलबार सुडान छोडिसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार