बच्चाको छाती घ्यार–घ्यार किन हुन्छ ? कसरी जोगाउने ?

एजेन्सी । छाती घ्यार घ्यार हुने समस्या तुलनात्मक रुपमा बालबालिकामा बढी देखिन्छ । विशेषगरी चिसो मौसममा कफ जम्ने, रुघाखोकी लाग्ने जस्ता समस्याले छाती घ्यार घ्यार हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । यो समस्याले बच्चालाई सिकिस्त पनि पार्न सक्छ । आखिर बालबालिकामा यस्तो समस्या किन देखिन्छ रु यसबाट कसरी बचाउन सकिन्छ भन्ने बारेमा बाल रोग विशेषज्ञ डा। प्रशान्त रिजालको सुझाव यस्तो छ ।

घ्यार-घ्यार हुने कारण :
निमोनिया
वातावरणमा हुने विभिन्न ब्याक्टेरियाले बच्चाको फोक्सोमा इन्फेक्सन हुनसक्छ । जसले गर्दा निमोनिया हुन्छ र बच्चाको छातीमा घ्यार–घ्यार आवाज सुनिन्छ । बच्चालाई निमोनिया हुँदा श्वासप्रश्वासमा समस्या हुने, उच्च ज्वरो आउने, खानामा अरुची हुने जस्ता लक्षण देखा पर्छन् ।

नाक बन्द भएर
जाडोमा मात्र होइन गर्मी मौसममा पनि पसिनाको कारणले बच्चालाई रुघा लागेर नाक बन्द हुन्छ । जसले गर्दा उनीहरुलाई श्वास फेर्न गाह्रो हुन्छ र नाक बाट घ्यार घ्यार आवाज आउँछ । २ वर्षभन्दा कम उमेरका बालबालिकाको नाकको प्वाँल सानो हुने भएकाले उनीहरुको नाक थोरै बन्द हुँदा पनि घ्यार–घ्यार आवाज आउँछ ।

फोक्सोमा इन्फेक्सन
२ वर्ष भन्दा कम उमेरका बच्चाहरुमा विभिन्न भाइरसले गर्दा फोक्सोमा हुने इन्फेक्सनलाई ब्रोन्क्योलाइटिस भनिन्छ । यो अवस्थामा बच्चालाई ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्नेजस्ता समस्या हुन्छ । यसको कारणले पनि बच्चाको छातीमा घ्यार–घ्यार हुन्छ ।

टन्सिलमा समस्या
हाम्रो घाँटीमा दुईवटा टन्सिल हुन्छ । त्यसमा इन्फेक्सन भयो भने टन्सिल सुनिन्छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ र सास फेर्दा घ्यार–घ्यार आवाज आउँछ । टन्सिल इन्फेक्सनकै कारणले बच्चाले ज्वरो आउने, र्‍याल चुहाउने र खाना खान मन नगर्ने पनि गर्छन् ।

श्वास नलीमा इन्फेक्सन
बच्चाको शरीरको तल्लो श्वास नलीमा कुनै भाइरसको कारणले इन्फेक्सन भयो भने पनि घ्यार–घ्यार हुन सक्छ । यसमा पनि ज्वरो आउने, खोकी लाग्ने र अनौठो खालको आवाज आउने जस्ता समस्याहरु हुने गर्छ ।

 

बचाउने उपाय
– ६ महीना सम्म आमाको दूध मात्र खान दिने ।
– बच्चाहरुलाई न्यानो बनाएर राख्ने ।
– प्रोटिन र भिटामिनयुक्त खानेकुरा खुवाउने ।
– निमोनिया नहुने खोपहरु लगाईदिने ।
– चिसो, धुलो र धुवाँबाट टाढा राख्ने ।
– बेलाबेलामा मन तातो पानी खान दिने ।
– नाक बन्द भएको छ भने नुनपानीले सफा गरिदिने ।
– गेडागुडीको झोल सुपहरु बनाएर खुवाउने ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार