कोरोनाका कारण थप २० को मृत्‍यु

उज्यालो प्रतिनिधि १२ श्रावण २०७८, मंगलवार कोरोना [Covid-19] विशेष

काठमाडौँ । नेपालमा मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ६५५ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइशोलेशन र ३५६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ६३ हजार ९७८ पिसिआर र २ लाख ९९ हजार ६२४ एन्टीजेन परिक्षण गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार