अपाङ्गता भएका महिलाले सास्ती व्यहोर्दै

उज्यालो प्रतिनिधि १२ श्रावण २०७८, मंगलवार बागमती

बनेपा । बनेपा नगरपालिका–८ की ४५ वर्षीया कृष्णमाया प्रधानले गत असार ५ गते प्रहरीबाट लाठीको पिटाइ खानुप¥यो । सदाझैँ बिहान घर नजिकैको गणेश मन्दिरमा पूजा गरिरहेका उनलाई उक्त दिन पूजा गर्दागर्दैका अवस्थामा प्रहरीले पछाडिबाट पटकपटक लाठी प्रहार गरी घाइतेसमेत बनाएका थिए ।

अघिल्लो दिन कोरोना सङ्क्रमणको जोखिम उच्च बढ्दै गएपछि नगरले आफ्नो क्षेत्र ‘सिल’ गरेको उनलाई थाहा थिएन । “म पूजा गरिरहेको थियाँ, पुलिसले पछाडीबाट ढाँडमा लाठीले पटकपटक पिट्यो, म बोल्न नसक्ने अवस्था पुगेछु” एक सार्वजनिक कार्यक्रममा दोभाषेमार्फत श्रवणशक्तिविहीन उनले रुँदै आफ्नो दुःखेसो पोखे ।

उनलाई अघिल्लो दिन नगरले गरेको सिलको सूचनाबारे जानकारी थिएन । साथै परिवारले पनि उनलाई नगर सिलबारे जानकारी गराएका थिएनन् । उनले साङ्केतिक भाषामा आफूलाई पिट्ने प्रहरीलाई सम्झाउन खोज्ने प्रयास पनि विफल भयो । किनभने उनको साङ्केतिक भाषा प्रहरीले बुझेनन् । “मैले सिलबारे थाहा पाएको भए, म बाहिर निस्किन्नथेँ” उनले आफ्नो पीडा व्यक्त गरे ।

कान नसुन्ने अवस्था र निरक्षरताका कारण उहाँलाई घर–व्यवहारमा निकै सास्ती व्यहोर्नु परिरहेको उनको दिनचर्या–बयानबाट प्रष्ट बुझिन्थ्यो । अपाङ्गता भएको महिलाले भोग्नुपर्ने सास्ती र कठिनाइको एक पात्र प्रधान भएको काभ्रे बहिरा विकास सङ्घको सल्लाहकार कृष्णप्यारी नकर्मी बताउछन । उनी भन्छन, “अपाङ्गता भएका महिलामा सूचनाको ग्याप हुँदा जिल्लामा निकै घटना भइरहन्छन्, घटनाबारे भनिसाध्य पनि हुन्न, हामी यसको न्यूनीकरणको उपाय खोज्दैछौँ ।” उनका अनुसार समग्रमा जिल्लास्थित अपाङ्गता भएका व्यक्तिमध्ये पनि महिलाले निकै सास्ती व्यहोर्नुपरेको छ । “यस्ता समस्या निरक्षर महिलामा आइरहेको हुन्छ” उनले भने ।

उनले कोरोना सङ्क्रमणको जोखिममा शारीरिक र बौद्धिक अपाङ्गता महिलाका लागि कुराकानी आदानप्रदानमा दोभाषेको व्यवस्था र अपाङ्गमैत्री क्वारेन्टिन नहुँदा घरै बस्नुपरेको बताए । “कोरोनाले अपाङ्गता भएका व्यक्तिलाई पनि प्रभावित पार्नसक्ने भएकाले हामीले क्वारेन्टिन बनाउदा अपाङ्गतामैत्री बनाउन स्थानीय तहमै अनुरोध ग¥यौँ तर, जिल्लाका कुनै पनि स्थानीय तहले बनाएनन्” उनले दुःखेसो गरे ।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिले विपद्मा राहतबारे पनि जानकारी पाउन नसक्दा वञ्चित हुनुपरेको छ ।
नेपाल अपाङ्ग महिला सङ्घको महासचिव पम्फा पुर्कुटीले सूचनामा अपाङ्गता भएका महिलालाई पहुँच पु¥याउनुपर्छ जनाउँदै सरोकारवलासँग आग्रह गर्दै आएको पाँच वर्ष बित्न लाग्यो । “कसरी अपाङ्गता भएकालाई सूचनामा पहुँच पु¥याउन सकिन्छ भन्दै ‘सूचना–सामग्री’ व्यवस्थापन गरिदिन स्थानीय तहमा निकै धाइयो तर, प्रयास व्यअर्थ सावित भइरहेको छ” उनले भने ।

उनका अनुसार हाल कोरोनाविरुद्धको खोपबारे सङ्घीय सरकार तथा स्थानीय तहले प्रचारप्रसार गरिरहँदा पनि अधिकांश बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई जानकारी नभएका कारण खोपबाटसमेत वञ्चित हुनुपरिरहेको छ । “अपाङ्गता भएका व्यक्तिको दिनचार्य निकै गम्भीर र कष्टपूर्ण तवरले बितिरहेको छ, परिवारले पनि एक दुई दिन मात्र हैन, सधँै सेवा दिइरहन झन्झट मानिरहेका हुन्छन्” शारीरिक अपाङ्गतासमेत भएकी पुर्कुटीको दुःखेसो थियो ।

उनले स्थानीय तहले पनि तोकिएको सामाजिक सुरक्षाभत्ता वितरण बाहेकमा अपाङ्गगता भएका व्यक्तिको जीवनशैली र वृत्ति–विकासमा सहयोग नगरेको आरोप लगाए । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । सङ्घका अध्यक्ष शर्मिला मानन्धर (कान नसुन्ने) दोभाषेमार्फत नागरिक समाजले पनि अपाङ्गगता भएका व्यक्तिलाई सूचनामा पहुँच र राजनीतिमा अपाङ्गता भएका महिलाको सहभागिता गराउन मुख्य भूमिका खेल्नुपर्ने बताउछन । “सूचना र थप सूचनाको निरन्तरताको पहुँच अभावले अपाङ्गता महिलाले निकै सास्ती व्यहोर्नुपरेको छ, म पनि दोभाषे भइन भने सूचनाबाट वञ्चित हुन्छु, यसबारे सपाङ्ग नगारिक तथा समाजका व्यक्तिले समन्वयात्मक रुपमा पहल गरिदिनुप¥यो” उनले भने ।

हालसम्म जिल्लामा अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क अपाङ्गतासंस्थासँग छैन । स्थानीय तहसँग सामाजिक सुरक्षाभत्ताबाहेकका अपाङ्गता भएको व्यक्तिको तथ्याङ्क नभएको अध्यक्ष मानन्धरले बताए । उनले भने, “अब हामी हाम्रै पहलमा स्थानीय तहमा प्रतिनिधि राखेर अपाङ्गता भएका व्यक्तिको सूचीकृत गर्नेछौँ ।” उनले अपाङ्गता भएका महिलाको पहिचानसँगै निर्वाचनमा सहभागिता विषयमा अभियान सञ्चालन गरिने बताए ।

सङ्घको केन्द्रीय तथ्याङ्कअनुसार सङ्घीय संसद् र सात प्रदेशका सदस्यमा अपाङ्गता भएका महिलाको प्रतिनिधित्व छैन । कूल ७५३ स्थानीय तहको छ हजार ७४३ वडाको ३३ हजार ७१५ वडा जनप्रतिनिधिको सिटमध्ये जम्मा छ जनामात्रै अपाङ्गता महिलाको प्रतिनिधित्व रहेको छ ।

सरकारले दश प्रकारका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ‘अपाङ्गता’मा सूचीकृत गरेको छ । यसमध्ये ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई क्रमशः मासिक रु तीन हजार र रु एक हजार ६०० का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

पछिल्लो जनगणना अनुसार कूल जनसङ्ख्याको एक दशमलब ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिमध्ये ४५ दशमलब ४४ प्रतिशत अपाङ्गता भएका महिला छन् ।सोही समयकै विश्व स्वास्थ्य सङ्गठनको गणनामा नेपालमा समग्र (दश प्रकारका)मा अपाङ्गता भएका व्यक्ति १५ प्रतिशत र त्यसमध्ये पनि अपाङ्गता महिलाको सङ्ख्या ६० प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार