केसी परिवारले बेनी अस्पताललाई गर्‍यो आर्थिक सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु तीन लाख ७१ हजार मूल्य बराबरको सहयोग गरेका छन । ।

दिवङ्गत छोरा डा मङ्गल केसीको १२औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गरेको हो । आज अस्पतालमा आयोजित कार्यक्रममा दिवङ्गत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फूपु जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेललाई उक्त सामग्री हस्तान्तरण गरेको थियो ।

‘‘पछि परेका समुदायका नागरिकको उपचार गरी सेवा गर्ने उहाँको चाहना थियो, तर चाहना पूरा हुन पाएन, कम्तीमा उनले राखेको उद्देश्यलाई घरपरिवारले पनि त पूरा गरिदिन सक्छौँ भनेर अस्पताललाई सहयोग गरिएको हो’’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका दिवङ्गत केसीका मामा बेलबहादुर कटुवालले भने ।

उक्त अवसरमा केसीका घरपरिवारले बेनी अस्पतालमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गर्नुभएको थियो भने अस्पतालका प्रमुख डा कँडेलले नयाँ वार्ड सञ्चालनको लागि आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिएकोमा केसीका परिवारलाई धन्यबाद दिँदै प्राप्त सामग्रीको सही उपयोग र संरक्षण गरिने बताए । गण्डकी प्रदेश सरकारमार्फत उपलब्ध भएको रु ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ श्यया देखि १५ श्यया क्षमतासम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार