तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए

उज्यालो प्रतिनिधि १२ श्रावण २०७८, मंगलवार विश्व

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।

सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् ।

यस कारबाहीको विषयमा तालिबान लडाकू कुनै टिप्पणी गरेका छैनन् । तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धरना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार