अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी

उज्यालो प्रतिनिधि १२ श्रावण २०७८, मंगलवार विश्व

काठमाडौँ । अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ ।ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन ।

त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ ।हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएको छ भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गरेको छैन ।

यहाँ केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । यसै विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार