अमेरिकाको युटा राज्यमा भयानक दुर्घटना, ८ को ज्यान गयो

उज्यालो प्रतिनिधि १२ श्रावण २०७८, मंगलवार विश्व

एजेन्सी । संयुक्त राज्य अमेरिकाको युटा राज्यमा भएको भयानक दुर्घटनामा आठजनाको ज्यान गएको छ । धुलो र बालुवा मिसिएर आएको आँधीका कारण भिजिबिलिटिमा असर गर्दा २२ वटा सवारीसाधन एकैपटक दुर्घटनामा परेका हुन् ।

आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका थिए । सुरूमा एउटा गाडी रोकिएपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन् ।

मृत्यु हुनेमा बालबालिका पनि रहेको तथा मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै सवारीका रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् ।

उनीहरुलाई एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार