एनआरएनए हङकङद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो ।

एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)को विशेष पहलमा माछापुच्छ«े गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सोमबार सार्दिखोला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ ।

स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले आइसोलेशनमा भर्ना भएका ३० मध्ये छ जनालाई पोखरा सिफारिस गरिएको र बाँकी निको भएर घर फर्किएको बताए । उनका अनुसार आइसोलेशनमा दुई सङ्क्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २०२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइन्छ ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाएको जानकारी दिए । एनआरएनए हङकङले यसअघि सेती बाढीलगायतका विपत्तिमा समेत सक्दो सहयोग गर्दै आएको उनले बताए ।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । एनआरएनए हङकङ र यसका अध्यक्ष गुरुङको पहलमा आफ्नो गाउँपालिकालाई प्राप्त अक्सिजन कन्सनट्रेरबाट बिरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ थियो ।

एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकामा गण्डकी प्रदेशमा १५ थान रहेको छ । गण्डकी प्रदेशमा सार्दिखोला स्वास्थ्यचौकीसहित तनहुँको भीमाद प्राथमिक स्वास्थ्य केन्द्र तथा कोभिड आइसोलेशन केन्द्रलाई दुई थान र म्याग्दीको बेनी जिल्ला अस्पतालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरिएको छ ।

सालिजा स्वास्थ्यचौकी पर्वतलाई एक थान, बुर्तिबाङ स्वास्थ्यचौकीलाई दुई थान, लमजुङ जिल्ला अस्पतालाई दुई थान र लमजुङकै उत्तरकन्या स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर एनआरएनएबाट सहयोगस्वरुप प्राप्त भएको प्रदेश खेलकुद परिषद्का सदस्य शुभकन्या गुरुङले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार