ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.२ पथलैयाद्धारा १६ करोड ७६ लाख ५ सय राजश्व सङ्कलन

उज्यालो प्रतिनिधि १२ श्रावण २०७८, मंगलवार अर्थ

गणेश कुमार ठाकुर,सिरहा । प्रदेश नं.२ का आठ जिल्ला भरीमा ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.२ पथलैयाले गत आर्थिक वर्षमा २ लाख ३१ हजार ३ सय १० सवारीसाधन कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.२ पथलैयाका प्रमुख(एसपी) हिमालय कुमार श्रेष्ठको अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट १६ करोड ७६ लाख ५ सय राजश्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १ लाख ९१ हजार ५ सय २६ सवारीसाधनको कारवाहीबाट १२ करोड १६ लाख ६८ हजार ५ सय राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा ३९ हजार ७ सय ८४ बढी सवारीसाधन कारवाहीमा परेका छन् भने ४ करोड ५९ लाख ३२ हजार राजश्व बढी सङ्कलन भएको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिएका छन्।

सवारी चालकले ट्राफिक नियम उलङ्घन र ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सवारीसाधन बढी कारवाहीमा परेका र त्यसबाट राजश्व बढी सङ्कलन भएको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवालको भनाइ छ। ‘‘हामीले चेकजाँचमा वृद्धि गरेका हौं । जसले राजश्वसमेत बढेको छ’’, उनले भने कारवाही हुने सवारीको सङ्ख्यासमेत बढेको छ ।’’

गत वर्ष यो प्रदेशमा ३ हजार ९ सय ८३ सवारी दुर्घटना भएको थियो भने ५ सय २३ जनाको ज्यान गएको थियो । सो अवधिमा ६ हजार ४ जना घाइते भएका थिए । सडकको अवस्था, नागरिकको लापरवाही र तीव्रगतिका कारण सवारी दुर्घटना बढिरहेको र त्यसमा कमी ल्याउनका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवालले बताएका छन् ।

कच्ची सडक सवारीको सङ्ख्यामा वृद्धि,मदिरा सेवन दुर्घटनाका मुख्य कारण छन उनले भने, दुर्घटना न्यूनीकरणका लागि सबै सचेत भएमा कमी आउन सक्छ । यहाँ ट्राफिक नियमपालना नगर्नु, भौगोलिक अवस्था, चालकको लापरवाही आदि कारणले दुर्घटना बढाएको छ ।प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी विभिन्न खाले जनचेतनामूलक कार्यक्रमसमेत गर्ने गरेको छ । ट्राफिक नियमपालना गराउन पम्पलेट बाड्ने, विभिन्न सङ्घसंस्थाको सहकार्यमा सडक नाटक देखाउने र विद्यालयस्तरीय कार्यक्रम गर्ने कार्य गर्ने गरेको उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार