काभ्रेबाट देवेन्द्र पौडेलको घोषणा, ‘माओवादी फेरि जाग्छ, देशको अग्रगामी शक्ति माओवादी नै हो’

विवेक लोप्चन ११ श्रावण २०७८, सोमबार मुख्य नेटवर्क

काभ्रे । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माओवादी पार्टी फेरि जाग्ने संकल्प गरेका छन् ।

काभ्रेको बनेपामा आयोजित महाभारत गाउँपालिकाबाट विभिन्न पेशामा आवद्ध भइ शहरमा बसोबास गर्ने कार्यकर्ताहरुको भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी नै देशको अग्रगामी शक्ति भएकाले माओवादी फेरि जाग्ने संकल्प गरेका हुन् ।

‘माओवादी नै यो देशको एकमात्र अग्रगामी शक्ति हो’ उनले भने, ‘माओवादी फेरि जाग्छ, माओवादीले आफ्नो श्रेष्ठता हासिल गर्छ ।’ उनले माओवादी पार्टी आन्दोलन, एजेण्डा र अहिले राजनीतिक परिदृश्यबाट पनि देशको अग्रगामी शक्ति भएको पुष्टि भएको बताए ।

नेता पौडेलले कोखाजोर खोलामा हाइड्रोपावर बनाउने बिषयमा गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । साथै महाभारतमा सडक विस्तारको लागि आफ्नो तर्फबाट पहल गर्ने पौडेलले वचनबद्धता दिए ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा नेता पौडेलले विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत समेत गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार