पहिराले पोकलीका आठ घर विस्थापित

उज्यालो प्रतिनिधि १० श्रावण २०७८, आईतवार १ नं. प्रदेश

ओखलढुङ्गा । पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।

गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिराका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन् ।

भूकम्पपछि सरकारी राहत लिएर बनाइएका घरमा पहिराका कारण बस्न नमिल्ने भएपछि स्थानीयवासीमा समस्या बढेको पोकलीका निर्मल तामाङले बताए । स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरु जोखिममा पर्नुपरेको पीडितले गुनासो गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार