पहिरोका कारण अवरुद्ध सिस्नेरी–दक्षिणकालिकाको यातायात सञ्चालन

उज्यालो प्रतिनिधि ८ श्रावण २०७८, शुक्रबार समाचार

काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुख्खा पहिरो हटाएर आज अपराह्नबाटै यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार बिहान करिब ३५ मिटर पहिरो खसेको हुँदा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाइ आजै अपरान्हबाट यातायात सेवा सञ्चालनमा ल्याएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

पहिलो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौंडाबाट सङ्घीय राजधानी जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलागयतका सडकखण्ड सञ्चालन अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार