अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी बनाउन ऊर्जामन्त्रीको निर्देशन

उज्यालो प्रतिनिधि ८ श्रावण २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन् ।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे आज जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रीकृत गर्न निर्देशन दिइन् । नदीसँगै बग्ने गेग्रानको उचित व्यवस्थापन गरेर बस्ती कसरी जोगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले भनिन्, “देशको विकासका लागि आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान हुनुपर्छ, धेरैतिर हात हाल्नुभन्दा राष्ट्रिय प्राथमिकताका विषयलाई ध्यान दिनुहोस् ।”

निश्चित समयमा विज्ञसँग परामर्श गरेर अनुसन्धान गर्न निर्देशन दिँदै उनले भनिन्, “अनुसन्धानको नतिजालाई ‘टाइ अप’ गरेर काम गर्नुपर्छ, व्यावहारिक र कार्यान्वयन गर्ने खालको रिसर्च हुनुपर्छ । त्यसो भएन भने वौद्धिक विलाशिता मात्र हुन्छ ।”

केन्द्रले नदीको बहाव, बाढीपहिरोको हुने क्षति, जलस्रोत कुटनीतिलगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । केन्द्रका प्रमुख डा महेश्वर श्रेष्ठले जनशक्तिको अभाव भएको तथा भएका जनशक्ति पनि काजमा अन्त गएकाले समस्या भएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार