अष्ट्रेलियाले बङ्गलादेशमा पाँच खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी श्रृखंला खेल्ने

उज्यालो प्रतिनिधि ७ श्रावण २०७८, बिहीबार खेल

काठमाडौं । अष्ट्रेलियाले बङ्गलादेशमा पाँच खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी श्रृखंला खेल्ने भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले आगामी जुलाई २९ मा अष्ट्रेलियाली क्रिकेट टोलि ढाका आइपुग्ने पुष्टि गरेको छ ।

गएको चार वर्षमा अष्ट्रेलियाले पहिलो पटक बङ्गलादेश भ्रमण गर्न लागेको हो । यसअघि सन् २०१७ मा उसले दुई टेष्ट श्रृखंला खेल्न बङ्गलादेश भ्रमण गरेको थियो । सुरक्षाको कारण देखाउँदै अष्ट्रेलिया, न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रिकेट टोलिले बङ्गलादेश र पाकिस्तानमा गएर क्रिकेट खेल्न प्राथमिकतामा राख्ने गरेको छैन् ।

बीसीबीका कार्यकारी प्रमुख निजामुद्दीन चौधरीले दुबै टोलिले स्वास्थ्य मापदण्डको पालना गर्दै दश दिनसम्म क्वारेन्टिनमा बसेपछि श्रृखंलाका लागि खेल मैदानमा उत्रिनेछ । जिम्बाबवे भ्रमणमा रहेको बङ्गलादेश क्रिकेट टोलि ढाका आउने बित्तिकै होटेल क्वारेन्टिनमा बस्ने र अष्ट्रेलियाली क्रिकेट टोलि ढाका आइपुगेको पाँच दिनपछि मात्रै पहिलो टी ट्वान्टी खेल्न पाउनेछ ।
अगष्ट तीन देखि नौ सम्म अष्ट्रेलियाले पाँच खेलको टी ट्वान्टी खेल्नेछ । विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पूर्ब सन्ध्यामा हुने उक्त भ्रमणले दुबै देशलाई फाइदा पुग्ने क्रिकेट अष्ट्रेलियाले विश्वास लिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार