उपत्यकाको चक्रपथमा व्यवसायीहरुद्धारा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त

उज्यालो प्रतिनिधि ७ श्रावण २०७८, बिहीबार मुख्य नेटवर्क

काठमाडौँ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाएतका सात बुदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारीसाधनसहित र्याली निकालेका छन् ।

उपत्यकाको चक्रपथमा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सवै प्रकारका सार्वजनिक यातायातको र्यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरुले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए । भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सि व्यवसायीहरुले न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोधको कार्यक्रमबाट पनि आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार