१० वर्षे जनयुद्धमा बेपत्ता भएका अर्याल १७ वर्षपछी घर आए

उज्यालो प्रतिनिधि ७ श्रावण २०७८, बिहीबार मुख्य नेटवर्क

वालिङ । यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन ।

जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताए । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भने, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाए ।

दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो ।

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा उहाँ पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार