मैलुङ खोला जलविद्युतको आईपीओ साउन १४ गतेदेखि निष्कासन हुने

उज्यालो प्रतिनिधि ६ श्रावण २०७८, बुधबार अर्थ

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन १४ गतेदेखि निष्कासन हुने भएको छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको २ प्रतिशतले हुने आउने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार