ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्धारा स्वास्थ्य सामग्री प्रदान

प्रिशा बस्नेत, ताप्लेजुङ । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले जिल्लाका ६१ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधबार सो सामग्री रेडियो तमोरमार्फत स्थानिय तहलाई उपलब्ध गराउने गरि मञ्चका प्रतिनिधी तथा पूर्व अध्यक्ष भुपेन्द्र मावो लिम्बूले रेडियो तमोरका स्टेशन मेनेजर सजन पौडेललाई हस्तान्तरण गरे ।

जसमा थर्मल गन, अक्सिमिटर, मास्क र सेनिटाईजर रहेकाछन् । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियामा कार्यरत ताप्लेजुङ्गेहरुको सामाजिक संस्था हो । मलेसियमा कार्यरत ताप्लेजुङ्गेहरुद्धारा संकलित २ लाख ४० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको मञ्चका अध्यक्ष दिलबहादुर सुनुवारले जानकारी दिए ।

यसैविच बुधबार नै जिल्लाका ६ वटा स्थानिय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराई सकिएको स्टेशन मेनेजर पौडेलले बताए । उनका अनुसार पाथिभरा याङ्वरक, आठराई त्रिवेणी, मेरिङ्देन, फक्ताङ्लुङ, मैवाखोला र सिदिंवा गाउँपालिकाले सामग्री लगेकाछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार