विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइयो

उज्यालो प्रतिनिधि ६ श्रावण २०७८, बुधबार मुख्य नेटवर्क

काठमाडौँ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका थिए । त्यस्तै कांग्रेस पार्टी कार्यालयमा कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता थियो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएको थियो ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुप¥यो ।

पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको थियो ।

उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार