प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता, सरकारमा समाभागी हुन आग्रह

उज्यालो प्रतिनिधि ६ श्रावण २०७८, बुधबार मुख्य नेटवर्क

काठमाडौं । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा रेशम चौधरीको रिहाई, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत विषयमा छलफल भएको ठाकुर निकट एक नेताले जानकारी दिए।

प्रधानमन्त्री देउवाले विश्वासको मत दिएकोमा धन्यवाद दिँदै मधेशका माग संविधान, कानुनको अधिनमा रहेर सम्बोधन गर्न तयार रहेको जनाएका थिए। ठाकुर समूहले पनि प्रधानमन्त्री देउवलाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा समाभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार