पाकिस्तानसँगको तीन खेलको टी-२० श्रृंखला इंग्ल्यान्डले जित्यो

उज्यालो प्रतिनिधि ६ श्रावण २०७८, बुधबार खेल

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको टी-२० श्रृंखला इंग्ल्यान्डले जितेको छ । गएराति भएको अन्तिम एवम् निर्णायक टी-२० मा ३ विकेटको जीत निकाल्दै इंग्ल्यान्डले श्रृंखला जितेको हो ।

पाकिस्तानले दिएको १५५ रनको विजयी लक्ष्य इंग्ल्यान्डले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । ओपनर जेसन रोयले सर्वाधिक ६४ रन बनाए । त्यसैगरी डेविड मलानले ३१ रन बनाए ।

जस बट्लर र कप्तान इयान मोर्गानले समान २१ रन बनाए । पाकिस्तानका मोहम्मद हाफिजले ३ विकेट लिएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । इमाद वासिम, हसन अली, उसमान कादिर र शादाब खानले पनि १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद रिजवानको ७४ रन मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । रिजवानबाहेक अन्य ब्याट्सम्यानले भने उल्लेख्य योगदान दिन सकेनन् ।

फखार जमानले २४ र हसन अलीले १५ रन बनाए । इंग्ल्यान्डका आदिल राशिदले ४ विकेट लिँदा मोइन अलीले १ विकेट लिए ।

पहिलो खेलमा पराजित भएपनि इंग्ल्यान्डले बाँकी दुई खेल जित्दै श्रृंखला जितेको हो ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार