बागलुङमा रोल्पाका चारजना श्रमिकको निधन, दुईको अवस्था चिन्ताजनक

उज्यालो प्रतिनिधि ५ श्रावण २०७८, मंगलवार लुम्बिनी

उज्यालो प्रतिनिधि/रोल्पा ।

काठमाडौं । बागलुङमा रोल्पाका चारजना श्रमिकको निधन भएको छ । दुईजनाको अवस्था चिन्ताजनक छ ।

रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वार्ड नं ५ साबिक गजुल वार्ड नं ८ क्वालिगाउं बस्ने बर्ष ५६ का रेग बहादुर राणा, बर्ष ४२ का दुज बहादुर राणा,साबिक गजुल गाविस वार्ड नं ९ मनघा बस्ने बर्ष २४ का प्रबिन घर्ती र,बर्ष २१ का देबेन्द्र पुन, बर्ष २२ का रबिन्द्र पुन, त्यसैगरी बर्ष ५० का खेमराज घर्ती रोजगारीको शिलसिलामा यहि असारको पहिलो हप्ता गल्कोट नगरपालिका वार्ड नं ७ मल्म गाउँ बागलुङमा, सरकारले ल्याएको योजना अन्तर्गत एकघर एक धारा,खानेपानीको कार्य यहि असार देखि सुरुगर्दैआएका थिए ।

उक्त काम गर्ने टोलीले मल्म गाउँमा अवस्थित स्थानीय भक्त बहादुर थापाको किराना पसलमा गएराती ६ जना श्रमिकहरुले लोकल मदिरा र साथमा पाठक नामक नम्किन कोकनट बिस्कुट समेत खाएर केहिबेरपछि कोठामा फर्किएका थिए । कोठामा आउनबित्तिकै ६ नजा श्रमिकहरुलाई बान्ता आउने र मुखबाट फिज बाहिरीएर छट्पट्टाइरहेको देखेर कोठाका साथी देबेन्द्र पुनले गाडी बोलाएर ४ घण्टाको लामोदुरी बागलुङ अस्पताल लैजादै गर्दा रेग बहादुर राणा, दुज बहादुर राणा ,प्रबिन घर्ती,र देबेन्द्र पुन को बाटैमा मृत्यु भैसकेको र रबिन्द्र पुन,खेमराज घर्ती बाग्लुङ होस्पितल पुग्दा अचेत अवस्था रहेको र बाग्लुङ होस्पितल ले दुइजना लाई गण्डकी होस्पितल पोखरा रिफोर गरेको छ,केहिबेरमा आइसियुमा भर्ना गर्न लागेको कुरा राल्पाका रुमका साथी देबेन्द्र पुनले जानकारी गराए ।

मदिरा बेच्ने स्थानीय भक्त बहादुर थापा बाग्लुङ प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र रोल्पाबाट मृतकका श्रीमती छोरा आफन्तहरु बाग्लुङको छुटिसकेको जानकारी सुनिल स्मृति गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष नमराज थापाले उज्यालो नेटवर् लाई जानकारी गराए ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार