आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले विजयी शुरूवात

उज्यालो प्रतिनिधि ५ श्रावण २०७८, मंगलवार खेल

काठमाडौँ । आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।

डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हराउँदै तीन खेलको सिरिजमा बिजयी शुरूवात गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार