सिरहाको धरमपुर १० डुबानमा, स्थानीय बासिन्दाले वडाध्यक्ष महतोलाई बुझाए ध्यानाकर्षण पत्र

उज्यालो प्रतिनिधि ५ श्रावण २०७८, मंगलवार २ नं. प्रदेश

सिरहा । सिरहा जिल्ला गोलबजार नगरपालिका वडा .न. १० बुद्ध चोक धरमपुर डुबानमा परेपछी त्यहाँका स्थानीय बासिन्दाले वडाध्यक्ष देवनारायण महतो समक्ष ध्यानाकर्षण गराएका छन । अबिरल बर्षाका कारण त्यहाँका १२ घरहरु पुरै डुबान मा परेको थियो ।

आरसिसी ढलान बनाउने बेला नहर नबनाएको कारणले गर्दा डुबानमा परेको भन्दै स्थानीयहरुले वडाध्यक्षसँग तत्काल समस्याको समाधान गर्न माग गरेका छन् । वडाध्यक्ष महतोले चाडैँ नै उक्त समस्याको समाधान गर्ने र नगरपालिका कार्यलयसँग समान्वय गरेर अघी बढ्ने जनाए ।

स्थानियबासिन्दाहरुले उक्त ध्यानाकर्षण पत्रमा पहिला देखी नै उक्त गाउँ डुबानमा पर्दै आएको तर आरसिसी ढलान बनाउने बेला नहर नबनाएको कारण पिर माथी पिर थपिएको उल्लेख गरिएको छ । आरसिसी ढलान बनाउने समितीले भने आफुहरुलाई झुक्याएर नहर नबनाएको र पानीको निकासा कतैबाट पनि नखुलाएको र रातारात गाउँलेको आँखा छली ढलान गरिएको स्थानियबासिन्दाहरुले बताएका छन् ।

यो पनि

सिरहाको गोलबजारमा असारे बजेट सकाउन ढलान सडक बनायो तर गाऊँ नै डुबायो

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार