मुम्बईमा बाढीले घर भत्काउँदा २५ को मृत्यु

उज्यालो प्रतिनिधि ४ श्रावण २०७८, सोमबार विश्व

नयाँ दिल्ली । भारतको मुम्बईमा अत्यधिक बर्षाका कारण आएको बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने बाढीले ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन् ।

बाढीले भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो । घटनामा अरु सात जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार