उदयपुरबाट ब्राउनसुगरसहित चार पक्राउ

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार १ नं. प्रदेश

उदयपुर । बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा बेलका–२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन् ।

गएराति १०ः ०० बजेतिर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको र उनीहरुका साथबाट झण्डै ७५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
पक्राउ गरिएका अभियुक्तले भारतबाट सप्तरीको बाटो हुँदै ब्राउनसुगर बेलका भित्र्याइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ । पक्राउ गरिएको चारैजना व्यावसायिक लागुऔषध ओसारपसार पेशामा संलग्न रहँदै आएको र गएराति पनि गोप्य सूचनाका आधारमा उनीहरुले कारोबार गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकालाई आजै प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार