काँग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिए

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार बागमती

काभ्रे । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी हाल करिब दोब्बरको सङ्ख्यामा क्रियाशील सदस्य बनाइएको जनाइएको छ । पार्टीको जिल्ला कार्यालयका अनुसार नौ हजार २९२ क्रियाशील सदस्यले नवीकरण गरेका हुन् ।

पनौती नगरपालिकाको पाँच वटा वडाको नयाँ सदस्यता वितरण ढिलाइपछि उत्पन्न विवादका कारण करीब चार सय नयाँ सदस्यको विवरण पठाउन बाँकी रहेको कार्यालयका सचिव विनोद तिमल्सिनाले बताए । काभ्रेपलाञ्चोकमा छ नगरपालिकासहित १३ स्थानीय तह छन् ।

काभ्रेपलाञ्चोकमा रहेका क्रियाशील सदस्यको केन्द्रबाट स्वीकृत भई जिल्लामा आउन भने बाँकी छ । पार्टीको आसन्न १४ औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि अभियानमार्फत सदस्यता दोब्बर बढी पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी बीस हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए ।

उनका अनुसार सदस्यताको सूची पठाइए अनुसार केन्द्रीय कार्यालयबाट स्वीकृत भई आएपछि जिल्ला कार्यसमितिमा नयाँ–पुराना गरी हाल करीब १९ हजार क्रियाशील सदस्य हुनेछन् । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा २०७७ साल पुस महिनादेखि पुनः शुरु गरिएको थियो । केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फत समेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । १३ औँ महाधिवेशनका बेला जिल्लाका दश हजार क्रियाशील सदस्यमध्ये मृत्यु भएका बाहेक ९८ प्रतिशतले नवीकरण गरेको जनाइएको छ ।

पार्टीले गत १३ औँ महाधिवेशनमा भएकाबाट १४ औँ महाधिवेशनसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरेको थियो । काँग्रेस नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु दुई सय र नयाँ सदस्यताका लागि रु तीन सय तोकेको थियो । नेपाली काँग्रेस केन्द्रीय समितिको गत असार ४ गते सम्पन्न बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । निर्वाचन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २६ गते र प्रदेश अधिवेशन आउँदो भदौ १ र २ गते निर्धारण गरिएको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार