मान्छेको मृत्यु कहिले हुन्छ भनेर भविष्यवाणि गर्ने रोबोट बनाउन सफल भएको दाबी

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार प्रविधि

काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स (एआई)मा लागेका वैज्ञानिकहरुले मान्छेको मृत्यु कहिले हुन्छ भनेर भविष्यवाणि गर्ने रोबोटसमेत बनाउन सफल भएका छन् ।

विज्ञान सम्बन्धी समाचार लेख्ने एक अन्तर्राष्ट्रिय न्युज पोर्टलअनुसार स्ट्यान्डफोर्ड विश्वविद्यालयका अन्वेषकहरुले यस्तो मेसिन लर्निङ अल्गोरिदमको निर्माण गरेका छन् जसले मान्छेको मृत्युसको भविष्यवाणी गर्छ र जुन ९० प्रतिशत मिल्न जान्छ।

यसमा विकास गरिएको एल्गोरिदमलाई २० लाख विरामीको रेकर्ड प्रयोग गरेर प्रशिक्षित गरिएको छ । यो एआईले एउटा प्याटर्नको विकास गरिदिन्छ जुन डाक्टरले थाहा पाउन सक्दैनन् र त्यही प्याटर्नलाई जोडेर विरामीको मृत्युको समय थाहा पाउन सकिन्छ ।
यो तपाईलाई कुनै साइन्स फिक्सनको कथा जस्तै लाग्न सक्छ तर यसलाई स्ट्यान्डफोर्डका अन्वेषकहरुले सत्यमा परिणत गरिसकेको बताइएका छ ।

यस्तो एआई बनाउनुको उद्देश्यले कसैको मृत्यु पीडादायी नहोस् भन्ने रहेको उनीहरुको भनाइ छ । यो प्रक्रियालाई विरामीहरुको मृत्यु हुन लागेको समयमा धेरै महङ्गो र गाह्रो नहोस् भनेर यो बनाइएको भनाइ छ ।

पहिले नै मृत्यु कहिले हुन्छ भनेर थाहा पाएपछि विारमीलाई धेरै खर्च नगर्ने वा धेरै समस्या नलिने र शान्तरुपमा विदा हुन सक्ने भनेर अन्वेषकहरुले यो प्रक्रिया ल्याएको बताएका छन् ।

अमेरिकाको एउटा अनुसन्धान ‘इम्प्रुभिङ प्यालिटेटिभ केयर विथ डिप लर्निङ’ भन्ने पेपरमा ८० प्रतिशत व्यक्तिहरुले आफ्नो अन्तिम समय घरमै बिताउन चाहन्छन् ।

त्यस्तै ६० प्रतिशत व्यक्तिहरु आफ्नो अन्तिम समयमा पनि एकदमै खर्चिलो र गाह्रो उपचारमा दिन बिताएको पाइएको छ । यो खोजले मान्छेलाई बचाउन केके विकल्प प्रयोग गर्न सकिन्छ भनेर स्क्रीन पनि गर्न दिन्छ । यसको अन्वेषण घातक विरामीहरुका लागि स्ट्यान्डफोर्ड विश्वविद्यालयका ६ जनाले गरेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार