ताँजकोटमा इन्टरनेट सेवा अवरुद्ध

उज्यालो प्रतिनिधि ३१ असार २०७८, बिहीबार प्रविधि

मुगु । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए ।

गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको बताए ।

“हामीले नगरी नहुने भुक्तानी र अन्य काम अदानचुलीको शाखाबाटै चलाएका छौँ”, उनले भने, “अनलाइनबाट सबै काम गर्नुपर्नेमा नेट नै नभएपछि पछिल्लो समय गाउँपालिका र बैंकलाई काम गर्न निकै सकस भएको हो ।”

ताँजकोटमा गएको तीन दिनदेखि इन्टरनेट आउने जाने भएकाले मर्मतका लागि मुगु गमगडीबाट खत्याडतर्फ हिँडेको वल्र्डलिङ्कका प्रतिनिधि प्रमोद कुमालले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार