पाकिस्तानमा बम विस्फोट, ६ चिनियाँ ईन्जिनियरसहित १० को मृत्‍यु, ३९ घाइते

उज्यालो प्रतिनिधि ३० असार २०७८, बुधबार विश्व

इस्लामावाद । पाकिस्तानमा बुधबार भएको बम विस्फोटमा परि ६ जना चिनियाँ नागरिक सहित १० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुख्वा प्रान्तमा ३० जना चिनियाँ ईन्जिनियरहरु सवार बसमा विस्फोट हुदा १० जनाको ज्यान गएको हो । विस्फोट सडक छेउमा राखिएको कुनै उपकरणका कारण भएको वा बसमा नै विस्फोट गराईएको भन्ने बारे अनुसन्धान भैरहेको अधिकारीहरुले जानकारी दिएका छन ।

विस्फोटमा परी अरु ३९ जना घाइते भएका छन् भने एक चिनिया ईन्जिनियर र एक सैनिक हराईरहेका छन् । घाइते अधिकांसको अवस्था गम्भीर रहेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

डासु ड्याम क्षेत्रमा जान हिँडेको बसलाई लक्षित गरि अज्ञात बन्दुकधारीहरुले हमला गरेका हुन् । घाइतेहरुलाई सुरक्षाकर्मीहरुले नजिकैको अस्पतालमा पुयाएका छन् । अहिलेसम्म हमलाको कारण खुल्न सकेको छैन् भने हमलाबो अनुसन्धान जारी रहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार