चीनमा एक होटल भत्किँदा १७ को मृत्यु, ६ को सकुशल उद्धार

उज्यालो प्रतिनिधि ३० असार २०७८, बुधबार विश्व

काठमाडौं । पूर्वी चीनको सुझोउ सहरमा एक होटल आंशिक रुपमा भत्किँदा १७ जनाको मृत्यु भएको छ भने ६ जनाको सकुशल उद्धार गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार स्थानीय समय अनुसार दिउँसो साढे तीन बजे सिजी काइयुआन होटल भत्किएको थियो । दुर्घटनास्थलमा ६ सयभन्दा धेरै उद्धारकर्ताहरु खटिएका थिए ।

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले होटलका मालिकले भवनको संरचनामा परिवर्तन गरेकाले यो भवन भत्विएको हो । पछिल्लो केही वर्षयता यो भवन निरन्तर मर्मत गरिएको थियो । स्थानीयका अनुसार उक्त भवन तीन तलाको मात्र हुने गरी निर्माण गरिएको थियो । तर, पछिल्लो केही वर्षमा थप केही तलाहरु थपिएका थिए ।

जियाङ्सु प्रान्तको सरकारले अहिले यो घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । यो घटनामा दोषीमाथि कडा कारबाही हुने अधिकारीहरुले बताएका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार