नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: भौतिक निर्माण १५.९ प्रतिशत सम्पन्न

उज्यालो प्रतिनिधि २८ असार २०७८, सोमबार समाचार

काठमाडौं, असार २८ । कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना नराम्ररी प्रभावित भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ ।

सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको समग्र भौतिक प्रगति १५ दशमलव ९ र आर्थिक प्रगति २५ दशमलव ५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । काठमाडौंंको बलम्बुस्थित तोतीपाखाबाट शुरू भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको बताइएको छ । लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ २ महीनाभित्रै सम्बोधन हुने तथा विगतमा ६ मिटर खनिँदै आएकोमा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।

जग्गाको मुआब्जा ६ अर्बसहित करीब २२ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको २ दशमलव ६९ किलोमिटर लामो यो सुरुङमार्ग २०८० वैशाख १३ ९सन् २०२३ अप्रिल २६०अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ । प्राविधिक तथा मजदूर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड–१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो । आर्थिक अभियान दैनिकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार