कांग्रेस सरकारले सुरुवातमै भ्रष्टाचार हुने गरी काम गरे : गुरुङ

काठमडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको नयाँ सरकारले आफ्नो कामको सुरुवातमै भ्रष्टाचार हुने गरी सुरुवात गरेकोे दाबी गरेका छन् ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले आफूहरुले यस अघि सरकार संचालनमा कानुन र विधि पूर्वक काम कारवाही गर्दै आएको जिकिर गरी नयाँ सरकारले कामको सुरुवात नै भ्रष्टचार हुने गरी सुरु गरेको दाबी गरेका हुन्।

प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले भनेझै आफूहरुले कुनै पनि योजनाहरु अवैध ढंगबाट नगरेको गुरुङले दाबी गरे । उनले भने, “स्वीकृत बहुबर्षीय योजनाको नियम कानुन अनुसार विधि पु¥यायर गरेका छौं । हामीले कहि कतै खोट पाउनु भयो भने भन्नुहोस्, उहाँहरुले गैर बजेट, बजेटमा नआएको योजनामा नपरेको खर्चं चाहि हामीले गरेका छैनौं ।”

गैर बजेट खर्च गर्नु भनेको भ्रष्टाचारको पहिलो सुरुवात भएको नेता गुरुङको भनाइ छ । उनले भने, “भरखरै आएको सरकारले १६ करोड रकम रकमान्तर गरेर एकतर्फ खर्च हुन नसकेको विकास निर्माणमा चाहिने रकमलाई अहिले आफ्ना पार्टीका सभापतिलाई वोलाएर जिल्लामा खर्च गर्ने काम भएको छ । यो सरासर गलत हो ।” उक्त रकम कार्यकर्तालाई सिधै बाँडेको उनको दाबी छ

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार