काठमाडौँ । बैरेनी-बाहुनपलाङ-बाँझगाउँ-पाल्चोक-सागिने-कोइलीखर्क ग्रामीण सडकखण्ड विस्तार गरेको करिब १५ बर्ष बितिसक्दा पनि सडकको स्तरउन्नति भने कत्तीपनि हुन सकेको छैन ।हिउँदमा सवारी साधन चलेपनि बर्खा लागेसी भने सवारी आवातजावतमा कठिन बन्दै आएको छ ।
धादिङको गल्छी गाउँपालिका अन्तर्गत बैरेनी-कोइलीखर्कको सडकखण्डमा सफाइका लागि मात्र बर्सेनि लाखौंको बजेट वियोजन गरेपनी बर्खा मासमा भने पहिरो जाने,बग्ने,खाल्डाखुल्डी भई गाडी त के पैदल यात्रा गर्नलाई पनि सास्ती बर्सेनि यहाँका जनताले भोग्नु कुनै नौलो कुरा होइन ।