भारतबाट आयत हुने तरकारी तथा फलफुल कुहिन थाले

१२ असार २०७६, बिहीबार १०:०४ मा प्रकाशित

काठमाण्डौँ । सरकारले विषदीको परीक्षण गरेर मात्र तरकारी तथा फलफुल आयात गर्न पाइने कानुन अघिलो हप्ताबाट लागु गरेका छन् । तर नेपालको सबेै नाकामा विषादी परिक्षण गर्ने प्रयोगशाला नहुँदा कालिमाटी पुर्‍याएर गर्नुपर्ने भएकाले तरकारी र फलफूल कुहिन थालेको छ ।

“सामान्यतया अधिकांश तरकारी र फलफूलको विषादी अवशेष परीक्षण ६ देखि १२ घण्टाको बीचमा गरिसक्नुपर्छ । तर, कालिमाटी पुर्‍याएर गर्दा कम्तीमा दुई दिन लागेकोे’ व्यवसायीहरु बताउँछन् । “तरकारी र फलफूलका नमूनाको रिपोर्ट आउन कम्तिमा दुई दिन लाग्ने भएकाले बजारसम्म आइपुग्दा तरकारी र फलफल कुहिएर र बिग्रेर जान थालेकोे’ उनिहरुले बताउनु भएको हो ।

सरकारले हचुवाको भरमा यस्तो नियम लागू गर्दा ब्यवासायी र उपभोक्ता दुबै मारमा परेको भन्दै बुटवल कृषि उपज थोक बजार केन्द्रका तरकारी व्यवसायी मेघराज पौडेलले आरोप लगाएका छन् ।

नेपालमा आयत हुने आलु, प्याज, गोलभेंडा जस्ता सबै फलफुल तथा तरकारीमा विषादी परीक्षण ढिलाइले गर्दा बजारमा मूल्य पनि झण्डै दोब्बर हुन थालेको’ पौडेलले भने । बजारमा बिग्रिएको तरकारी र फलफूल भित्रिन थालेको र अभाव सिर्जना भइ मूल्य आकाशिएको उनले बताए ।

नयाँ व्यवस्थामा तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण लिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार