मालारानी -२ ले ल्यायो नेपालकै पहिलाे वडा स्तरीय मोबाईल एप

उज्यालो प्रतिनिधि २३ असार २०७८, बुधबार प्रविधि

दिपेन्द्र खत्री, अर्घाखाँची । सेवाग्राही र कर्मचारीलाई सिधै जोड्ने उद्देश्यले वडाको सहयोगमा मालारानी -०२ एप सञ्चालनमा आएको छ। वडा भित्र आउने कार्यक्रम वडाका सेवा सुबिधा र जनप्रतिनिधि, कर्मचारी कार्यलय भए नभएकाे सबै जानकारी नपाउने समस्यालाई सम्बोधन गर्दै यो एप सञ्चालनमा ल्याइएको हो ।

नेपालमै पहिलाे पटक मालारानी गाउँपालिका वडा नं. २ ले यस्ताे कार्यक्रम ल्याएकाे जनाइएको छ ।

यस एपमार्फत वडा भित्रका नागरिकले सिधै वडा भित्रका कार्यक्रम, सेवा सुबिधा थाहा पाउनेछन् । नागरिकहरुले आफ्नाे कामकाे लागी धाएर वडा कार्यलय जान नपर्ने, साथै उक्त एप नेपाली अंग्रेजी दुबै भाषा माध्यम बाट चलाउन मिल्ने, सिधै एप मार्फत पुरै जानकारी र सेवा ल्याउन सक्ने एबिएस सफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक के.सी. ले बताए ।

त्यस्तै नागरिकहरुले आफूलाई आवश्यक सेवा सिधै जनप्रतिनिधि र कर्मचारीहरुसँग एपमार्फत कुराकानी गरेर काम गर्न सक्नेछन् । एपमा भएका कुनै पनि सेवाकाे निश्चित समय तोकिएको छैन । नागरिक र वडाले आफ्नो समझदारीमा सेवाग्राहीले सेवा लिन सक्ने के. सी. ले वताए ।

नागरिक लाई वडा भित्रका हरेक जानकारी सजिलोसँग थाहा पाउन र वडाका हरेक गतिविधि, वडाकाे भैगाेलिक अबस्था, वडाभित्र रहेका धार्मिक क्षेत्र, प्रकृतिक क्षेत्र, वडा भित्रका बिद्यालय, महत्त्वपूर्ण क्षेत्र, गाैरवका याेजना आदि उक्त एपमा रहेको र आपतकालीन सम्पर्क (स्वास्थ्यकर्मी, एम्बुलेन्स ) लागि याे एपले सहयाेग गर्ने वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (विनाेद ) ले जानकारी दिए ।

कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै नागरिकमा परेको असरको दीर्घकालीन न्यूनीकरणका लागि प्रविधिको भूमिकालाई प्राथमिकतामा राख्दै एप निर्माण गरिएकाे भुसालको भनाई छ ।

यद्यपि एपलाई वडा भित्र संचालन गर्न धेरै मेहेनत गर्नुपर्ने उनी बताउँछन् । ‘धेरैजसो नागरिकहरु यस्ता प्रविधिहरुसँग अझै पनि परिचित छैनन् । त्यसैले यसलाई हामीले नागरिकहरु सम्म पुगेर नै उनीहरुलाई बुझाउनुपर्ने छ ।’ तत्कालको लागि भने देशका विभिन्न स्थानहरुमा जारी निषेधाज्ञाको कारण सो काम गर्न समय लाग्ने वताए ।

एपकाे डाटा संकलनमा मिलन कुबंर क्षेत्री,लिल बहादुर पाण्डे,दिपेन्द्र खत्री सहित रहेका छन् ।
एपकाे लागि तल थिच्नुहाेस ।
https://abssoft.com.np/malarani2

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार