नेपालमा राजनीति र युवाभ्रम

उज्यालो प्रतिनिधि ५ असार २०७८, शनिबार

चार अक्षर र दुई सब्द बाट बनेको राजनीतिले दुनियामा के गरेको छैन, राजनीति के हो भन्दा पनी राजनीति के होईन भन्ने सबाल पैदा हून्छ। मानिसको जीवनमा राजनीति जन्म पूर्वबाट नै भै सकेको हून्छ । चाहेर पनी नचाहेर पनी राजनीतिबाट सम्भवत कोही पनी अछूतो रहन सक़्दैन।राजनीतिले ठूला ठूला परिवर्तन गरेका छन । राजनीति कसैको लागी नशा हो त कसैको लागी दशा पनी हो । राजनीतिले दरबार पनी ढालेको छ राजनीतिले घरबार पनी ढालेको छ,राजनीतिले आमूल परिवर्तन पनी गरेको छ । राजनीतिले कैयु देशलाई सक्तीसाली समृद्ध पनी बनाएको छ, राजनीतिले कैयु देशलाई मरुभूमि पनी पारेको छ । राजनीतिले तानासाह पनी ढालेको छ राजनीति ले तानासाह पनी बनाएको छ ।समग्रमा भन्नू पर्दा राजनीति सही तारिका सही उद्देश्यको साथ भयमा यसका परिणाम पनी सकारात्मक छन र गलत उद्देश्य र गलत तारिकाबाट भए अनेकौ अशान्ति ,युद्द, देश बिभाजन ,समाजको विभाजन पनि भएका छन ।

राजनीति शब्द राज+नीति मिलेर बनेको हो, राज मतलब “सासन”नीति मतलब उचित समय उचित स्थानमा उचित कार्य गर्ने कला।राजनीति को अर्थ र परिभाषा सम्बन्धी विभिन्न विद्धानहरूले विभिन्न तरिकाले व्याख्या विश्लेशन गरेका छन र राजनीतिको सम्भवत सर्वमान्य परिभाषा पाऊँन कठिन छ । जे होस सामान्य रूपले बुझ्दा राजनीति भनेको सामाजिक समस्याहरूको हल गर्ने कला जो सामुहिक रूपमा संगठित भएर समाजको समस्या समाधान गर्ने प्रयास गरिन्छ । सकारात्मक रूपले चै राजनीति भनेको माथीको परिभाषाले बुझीए तापनी नेपाली समाजमा भने राजनीतिको परिभाषा नकारात्मक नै हून जान्छ। राजनीति भनेको जनताको आँखामा अनेकौ भ्रम सिर्जना गरेर अनेकौ समस्या सृजना गरी अनेक नाटक र आश्वासन एवंम प्रलोभन देख़ाई जनताको भावनामाथी खेली सत्ता प्राप्त गर्ने कला भनेर बुझीन्छ।जसले अनेकौ भ्रम र नाटक गर्न जानेको छ जसले सोझा जनतालाई मख्ख पार्न सक्दछ त्यो नै नेपालको राजनीतिमा सफल बनेको छ। जनतमत हत्याए पश्चात राजनीति घोषणापत्र र बाँचा सिद्धान्त विपरीत व्यक्तिगत स्वार्थ र व्यक्तिगत प्रगति गर्न सिबाए जनमुखी र कल्याणकारी कार्य गर्ने राजनीतिज्ञ छैनन भन्दा फरक नपर्ला।

राजनीति शब्द नेपाली युवा नेपाली समाज र समग्रमा भन्नू पर्दा नेपाली जनतामा सबै भन्दा घृणित बिषय बनेको छ । राजनीतिलाई नेपाली समाजमा यति हेटेड बिषयको रूपमा अर्थ्याउनु र बुझाउनुको प्रमुख देन नेपालको प्रमुख राजनीतिक दल एवम् राजनीतिज्ञलाई नै जान्छ ।राजनीतिलाई वास्तवमै गलत ठाउँँ र गलत प्रयोजनको निम्ती उपयोग गर्ने प्रमुख राजनीतिक पार्टीहरूमा होडबाजि नै छ। समाजमा अपराधिक एवम् अनैतिक कार्य गरेर दण्डित हुनुको सट्टा खुलेआम निर्दोष सरह हिडीरहेका छन त केबल राजनीति पार्टी र राजनीति दल कै कारणले छन।

राजनीतिले अपराधिक गतिबिधि गरेकाहरूलाई संरक्षण गरेकै कारण नेपाली जनतामा अर्थात युवाहरूमा राजनीति प्रति घृणा पैदा भएको छ । साथै आफनो एजेण्डा र घोषणापत्र अनुसार १ प्रतिशत पनी पुरा गर्न नसकेको कारण राजनीति प्रति घृणा पैदा हुनु स्वभाविक हो ।
हरेक अभिभावकको एकै सुझाव हुन्छ की आफनो छोराछोरी राजनीतिको शिकार नबनून । नेपालमा राजनीतिलाई दोष लगाएर उम्कने परम्परा व्यापक छ । राजनीति फोहोरि छ मानौ घृणित छ तर तपाईहरूले दोष लगाएर उम्कीएर राजनीति शुद्ध हुन्छ त ? कदापि हून सक्दैन, राजनीतिलाई सुद्धिकरण गर्न यदि तपाई फोहोर मान्नु हुन्छ भने आँफै सफा गर्न तयार हुनु पर्दछ,त्यो भनेको राजनीति प्रति जागरुक हुनु हो”।राजनीति बुझन राजनीति पार्टीको झण्डा लीएर मैदानमा उत्रन पर्छ भन्ने होइन । हरेक राजनीति पार्टीको सिद्धान्त हरेक राजनीतिक पार्टीको इतिहास योगदान र भूमिका बारे ज्ञान नै हून पनी ज़रूरी छैन तर समाज परिवर्तन र विकासको कार्य गर्ने गरेको र गर्न सक्ने पार्टी र राजनीतिज्ञको बारेमा ज्ञान राख्न र मूल्याँकन गर्न जरुरि छ।तपाई कुनै पनी राजनीति पार्टी राजनीतिज्ञ उत्कृष्ट देख्नु हुन्न त ति उत्कृष्ट नहुँनमा योगदान तपाईहाम्रो नै छ।नेपालको संबिधान २०७२ भाग ३ धारा १७ मा स्प्रस्ट उल्लेख छ की हरेक नागरिक लाई राजनीतिक स्वतन्त्रता छ।राजनीति लाई जब सम्म यूबा हरूले गम्भीरतापूर्वक लीदैनन तब सम्म राजनीति पूरानो परम्परा बाट मुक्त हून सक्दैन।

राजनीति ख़राब हुनुको पछाडिको कारण हामी स्वयंम पनी हो । किनकी हामी राजनीतिबाट जसरी टाढा -टाढा भागीरहेको छौ त्यती नै राजनीति हाम्रो पिछा गरीरहेको हुन्छ । राजनीति तपाई हामीले मान्ने धर्ममा छ, गरिने क़र्ममा छ, हामीले पाउने, अधिकारमा छ, सिक्षामा छ, रोजगारमा छ, विकासमा छ, जातमा छ, लैंगिकतामा छ । युवाले स्वस्फूर्त रूपमा राजनीतिलाई अंगीकार गरी सही सिद्धान्त र विचारलाई आत्मसाथ गरी खराब सिद्धान्त र बिचारलाई निर्मूल पार्ने कोशिस गरीदैन भने राजनीतिलाई गाली गर्ने अधिकार पनी हामीलाई छैन र राजनीति सुधारको आसा राख्ने अधिकार पनी छैन । अतः हामीले राजनीतिलाई घृणाको रूपमा होईन परिवर्तनको संवाहकको रूपमा, आवाज़ बिहीनको आवाज़को रूपमा, अधिकार विहीनको अधिकारको रूपमा, पिछडिएका वर्गको मुक्तिको लागी, समग्र समाजको जनताको हितको निमित जबाफदेही बनाउनको लागी राजनीतिमा होम्मिनुको विकल्प छैन।

कुनै समय नेपालमा राजनीतिक स्वतन्त्रता थिएन । राजनीति गर्ने या बिचार राख़्ने मानिस हरूमा तत्कालीन राज्यबाट चरम दमन गरीन्थियो । राजनीतिलाई दण्डित कार्यको रूपमा लिइन्थ्यो । राजनीतिमा लागेकाहरूको कति बेला राज्यले दमन गर्ने हो टुंगो हूदैन थियो । यही कारणले गर्दा मानिसहरू आफ़ुले अंगीकार गरेको पार्टी भन्न डराउथे । तर आज समय बद्लियो जनता राजनीतिक पार्टी एबम राजनीतिज्ञ कै कारण आज व्यवस्था बद्लियो तर पनी आम जनता यूबाहरूमा सोच परिवर्तन हून सकेन ।

अब हामी जस्ता युवा निश्चित ब्यक्तिको स्वार्थको उपयोग मात्र भई रहने होईन । अब देश समाजको लागी उपयोगी बन्ने बेला आएको छ यो सम्भव पनी छ। राजनीति तपाई हामी सबैको पेवा बनाऔ जनताको सेवा बनाऔ । राजनीतिलाई दोषी मात्र होईन दोष मुक्त बनाऔ । यो तपाई हाम्रो नै जिम्मेदारी हो। राजनीति र तन्त्र आफैमा कदापी ख़राब हुन सक़्दैन, यो ख़राब बनाईएको हून्छ । राजनीतिमा लागेका सबै ख़राब मात्र होईनन र राजनीतिमा लागेको सबै राम्रो पनी होईन यही मूल्यांकन गर्ने बेला आएको छ । राजनीतिबाट भाग्न होईन जाग्न थालौ जय देश हाम्रो देश।

कविराज गिरी
हाल दक्षिण कोरिया

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *