अमेरिकाले गम्भीर अवस्था भोग्नुपर्ने उत्तर कोरियाको चेतावनी

उज्यालो प्रतिनिधि ४ असार २०७८, शुक्रबार विश्व

एजेन्सी । अमेरिकामा जो बाइडेन राष्ट्रपति भएपछि पहिलो पटक उत्तर कोरियाले नयाँ प्रशासनप्रति आफ्नो औपचारिक नीति सार्वजनिक गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ-उनले वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा बाइडेन प्रशासनबारे ‘पूर्ण विश्लेषण’ प्रस्तुत गरेको सरकारी समाचार माध्यमले केसिएनएले जनाएको छ । बैठकका क्रममा किमले अमेरिकासँग संवाद र संघर्ष दुबैका लागि उत्तर कोरिया तयार भएर बस्नुपर्ने बताएका छन् ।

किमले पार्टीका वरिष्ठ नेतासमक्ष ‘आगामी दिनमा अमेरिकासँगको सम्बन्धका हकमा गर्नुपर्ने क्रियाकलाप र रणनीतिक एवं कार्यनीतिक प्रतिक्रियाबारे प्रस्ट पारेको’ समाचारमा उल्लेख छ ।

‘महासचिवले संवाद र संघर्ष दुबैका लागि तयारी अवस्थामा बस्नु पर्ने आवश्यकता भएको कुरामा जोड दिनु भयो र विशेषगरी हाम्रो मुलुकको आत्मसम्मान तथा स्वतन्त्र विकासको राष्ट्रिय स्वार्थ रक्षा गर्न संघर्षको पूर्ण तयारी गर्नुपर्ने जोड दिनु भयो’, किमलाई उदृत गर्दै केसिएनएले लेखेको छ ।

किमले अघि सारेको रणनीतिक एवं कार्यनीतिक योजनाबारे भने समाचारमा पूर्ण विवरण खुलाइएको छैन । तर उनको अभिव्यक्तिले बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि उत्तर कोरियाले गरेको विश्लेषणलाई संकेत गर्छ ।

अमेरिका र उत्तर कोरिया दशकौंदेखि तनावपूर्ण सम्बन्धबाट गुज्रिरहेका छन् । अमेरिकाले उत्तर कोरियासँग कुनै न कुनै रुपमा कुटनीति संलग्नता चाहिरहेको देखिन्छ । पछिल्लो समय प्योङयाङ र वाशिङ्टनले ‘पर्ख र हेर’ को रणनीति लिएका छन् ।

तर अमेरिकामा नयाँ राष्ट्रपति आएपछि समेत आपसी सम्बन्धमा सुधार हुने कुनै संकेत देखिएको छैन । बाइडेनले उत्तर कोरियाली आणविक कार्यक्रमलाई अमेरिकाले सामना गरिरहेको ‘गम्भीर खतरा’ को रुपमा औल्याइसकेका छन् ।

उत्तर कोरियाले भने बाइडेनको उक्त भनाइप्रति आपत्ति जनाउँदै आफ्नो आत्मरक्षाको अधिकारमाथि अतिक्रमण भएको भन्दै अमेरिकाले गम्भीर अवस्था भोग्नुपर्ने चेतावनी दिएको छ ।

अमेरिकाका पूर्व प्रधानमन्त्री डोनाल्ड ट्रम्पको कार्यकालमा भने वाशिङ्टन र प्योङयाङबीचको तनाव केही हदसम्म शान्त हुन पुगेको थियो । महिनौंपछिका आरोपप्रत्यारोपबीच ट्रम्प र किमले एकअर्कालाई भेटेका थिए । यद्यपि, उक्त भेटघाटबाट कुनै ठोस परिणाम भने निस्कन सकेन ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार