योग गुरु स्वामी रामदेवमाथी मुद्दा दायर

उज्यालो प्रतिनिधि ४ असार २०७८, शुक्रबार विश्व

नयाँदिल्ली । प्रसिद्ध योग गुरु स्वामी रामदेव माथि कोरोना महाब्याधी र यसका औधषीबारे भ्रामक तथा झुठा दाबी प्रस्तुत गरेको आरोपमा भारतको छत्तिस गढ राज्यको राजधानी रायपुर प्रहरीमा मुद्दा दायर भएको छ । रायपुर प्रहरीका अनुसार उनी विरुद्ध इन्डियन मेडिकल एशोसिएसनको छत्तिसगढ शाखाले याचिका दर्ता गराएको हो ।

उनीमाथि कोरोन महाब्याधीजस्तो खतरनाक रोगका विरुद्धमा प्रमाणित नभएका झुठहरु बोलेको, रोगबारे सर्वसाधारणमा असावधानी फैलाएको, कोरोना महामारीको खोप र प्रमाणिक औधषी विरुद्ध अविश्वास सृजना गर्न खोजेको र यस्त कार्य मार्फत् समाजको शान्ति र अमनचैनमा खलल पुर्‍याएको आरोप लगाइएको छ ।

निवेदनमा डा. विकास अग्रवाल र डा. राकेश गुप्तालगायतले हस्ताक्षर गरेको समाचार माध्यमले जनाएका छन । स्वामी रामदेवले विगत एक वर्ष यता एलोप्याथिक चिकित्सा प्रणाली, अक्सिन सिलिन्डरको प्रयोग, भेन्टिलेटर र कोरोना खोपबारे आलोचनात्मक टिप्पणी गर्ने गरेका थिए । उनले कोरोना महामारीमा निधन भएका डाक्टरहरुको झुठो विवरण दिँदै ‘आफैलाई बचाउँन नसक्ने डाक्टरले बिमारलाई के बचाउँछन’ भनेका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार