मेलम्चीमा राहत : एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय तर आफुखुसी बाँडियो

काठमाडौं । मंगलबार साँझ इन्द्रावती नदीमा एक्कासी आएको बाढीले यतिबेला जिल्लाको उत्तरपश्चिम क्षेत्र डुबानमा छ । निरन्तरको वर्षापछि आएको पहिरो र त्यसले निम्त्याएको यो क्षतिको कल्पना कसैले पनि गरेका थिएनन् ।

हेलम्बु, तिम्बु, चनौटे, मेलम्ची लगायतका बजारमा मानिसहरुको बिचल्ली छ । त्यहाँको विपद्सँगै बुधबार बिहानबाटै जनप्रतनिनिधिको घुँइचो लाग्यो । जनप्रतिनिधिसँगै अघिल्लो दिनदेखि भोकै भएकाहरुलाई केही राहतको व्यवस्था हुनथाल्यो ।

सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, कांग्रेस नेता मोहनबहादुर बस्नेत, राप्रपा अध्यक्ष पशुपति शमसेर राणा लगायतका शीर्ष नेताहरु पनि उद्दारका लागि पुगेको थियो । दिउँसो राहत व्यवस्थापन र वितरणका लागि भूमिका खेल्दै सर्वदलीय बैठक बस्यो । बैठकले ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन पनि ग¥यो ।

साथै, सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्न लगायतका राहत सामग्री समितिलाई गठन पनि भयो । र, समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय पनि ग¥यो ।
एकद्वार भएर वितरण प्रणाली तर, बिहीबार बिहानबाटै अघिल्लो दिन भएका निर्णयको पालना भएको छैन् । नगरपालिकाबाट एकद्धार प्रणालीबाट राहत वितरण गर्ने भनिएपनि बिहीबार भने आफूखुसी राहत वितरण सुरु भएको छ ।

यसरी राहत वितरण गर्दा अप्ठेरोमा परेका स्थानियहरु छुट्ने र हुनेखानेहरुले राहत सामग्री पाउने अवस्था सिर्जना भएको मेलम्चीकै एक सर्वसाधरणले बताए । उनका अनुसार बिहीबार बिहानबाट पूर्वमन्त्री समेत रहेका दावा तामाङ आफैं राहत वितरण गर्नमा लागिपरेका छन् ।
तर, हिजोमात्रै नगरपालिकाले एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको थियो । ती सर्वसाधरण भन्छन्,‘राहत साँच्चै अप्ठेरोमा परेकालाई भन्दापनि आफ्ना कार्यकर्ता र आसेपासेलाई वितरण गर्न खोजिएको देखिन्छ । नगरपालिकाको निर्णयअनुसार दुःखमा परेका बेलामा सबैलाई समानुपातिक ढंगबाट राहत वितरण होस् ।’
अहिले विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवीहरु मेलम्चीमा राहतसहित पुगेका छन् । तर, एकद्धार प्रणालीबाट वितरण भने हुन सकेको छैन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार