मनसुनको शुरुआतमै बाढीपहिरो : सातको मृत्यु, २५ बेपत्ता

काठमाडौँ । मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ ।

विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु¥याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेलपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको शुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक÷एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिनुभयो । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक÷एक जना वेपत्ता छन् ।

सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।

जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन । कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पाटनमा गाइवस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ ।

बाढी पहिरोले १२९ घर बगायो

मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा बर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङगमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

उद्धार र राहत वितरण जारी

मनाङको चामे र तालगाउँ क्षेत्रका ५०० बढी प्रभावितहरुलाई यहाँको सिरनताललगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ ।

यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित विएण्डवी अस्पतालमा ल्याईएको छ ।

सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ व्यागलगायत सामान काठाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैसी चराउन गएका बेला फसेका चार जनालाई सकुसल उद्धार गरिएको छ । यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई दुधपोखरी माविमा ल्याएर राखिएको आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार