अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

उज्यालो प्रतिनिधि १ असार २०७८, मंगलवार फोटो समाचार

काबुल । अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् ।
प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरुमाथि आक्रमण गरेको जानकारी दिए । उनले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताए । सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ ।

अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ ।
कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो ।
विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार