मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना

उज्यालो प्रतिनिधि १ असार २०७८, मंगलवार लुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताएका छन । आज शुभकामना सन्देश दिंदै उनले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन ।
मुख्यमन्त्री पोखरेलले यसबाट एकता, सदभाव र मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने उल्लेख गर्दै यो पर्व प्रकृतिसँग सम्बन्धित भएकाले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ भनेका छन । उनले प्रकृतिले दिएको अमूल्य उपहार माटो, पानी, जीवजन्तु, रुख विरुवाको संरक्षण र सही उपयोग गर्दा मात्रै मानवको जीवन सरल र सहज हुने बताएका छन ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्दै सन्देशमा अल्पसङ्ख्यक आदिवासी, पछाडि पारिएका समुदायको उत्थानका लागि संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरिएको छ । यस अवसरमा रोल्पा र रुकुममा आज सार्वजनिक बिदा दिइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार