फुङलिङ बजारको सौन्दर्य फेरिँदै

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७८, आईतवार १ नं. प्रदेश

ताप्लेजुङ । निषेधाज्ञाका समयमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रको स्वरुप फेरिँदै गएको छ । कोरोना महामारीका कारण बजार सुनसान भएका समयमा मुख्य सडकहरु धमाधम मर्मत तथा कालोपत्रे र ढलान हुन थालेपछि बजारको सौन्दर्य फेरिएको हो ।
कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि गत वैशाख २१ गतेदेखि जिल्ला प्रशासनले निषेधाज्ञा लागु गरेपछि फुङ्लिङ बजार सनुसान भएको समयमा सडक मर्मत तथा कालोपत्रे गर्न थालिएको छ ।

फुङ्लिङ बजारको तोक्मे डाँडादेखि टुक्रे बजारसम्म केही ठाउँमा रड, गिटीसहित ढलान गरिएको छ भने अधिकांश सडकको क्षेत्र कालोपत्रे गरिएको छ । बजारभित्रको सडक पहिले कालोपत्रे गरिएको भए पनि ठाउँ–ठाउँमा भत्किएर सवारी साधन सञ्चालनमै अप्ठ्यारो हुँदै आएकोमा पुनः कालोपत्रे र ढलानसहित मर्मत सुधार गरिएपछि सहज भएको छ । कालोपत्रे र ढलानसहित बजारभित्रको सडक निर्माणले यातायात सञ्चालनमा सहज भएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताए । बजारभित्रको सडक पहिले नै कुनै क्षेत्र कालोपत्रे र कुनैमा ढलान गरिएको भए पनि ठाउँ–ठाउँ भत्किएर खाल्डाखुल्डी बनिसकेको अवस्थामा पुनः मर्मत सुधारले सवारी साधन चलाउनलाई सहज भएको नगर प्रमुख प्याकुरेलको भनाइ छ । त्यस्तै सडकको मर्मत सुधारले बजारको सौन्दर्य बढाएको उनी बताउँछन ।

सडक डिभिजन कार्यालय, इलाममार्फत कार्यान्वयन भएको करीब रु डेढ करोड बराबरको बजेटले कालोपत्रे, ढलानलगायत अन्य सडकको मर्मत सुधारको कार्य गरिएको कञ्चनजङ्घा निर्माण सेवाले जनाएको छ । फुङ्लिङ बजारभित्रको मुख्य सडकमा वारपार कालोपत्रे गरिएको निर्माण कम्पनी कञ्चनजङ्घा निर्माण सेवाका प्रतिनिधि विनोद भारतीले बताए ।

पहिले ढलान भई भत्किएको टुक्रे रेडक्रस क्षेत्रको सडक पुनः ढलान गरिएको भारतीले बताए । यस्तै सोही बजेटले कोप्चे बजारको देवीथान धारादेखि कञ्चनजङ्घा बोर्डिङ–रिजाल लाइन सडकमा ठाउँ–ठाउँमा ढलान गर्ने, वाल, नाली निर्माणको कार्य गरिएको छ भने सुकेटार क्षेत्रको सडकमा पनि भत्किएको ठाउँमा मर्मत सुधारको कार्य गरिएको छ । सदरमुकाम बजारभित्रको मुख्य सडक कालोपत्रे, ढलान र अन्य निर्माणको कार्य करीब अन्तिम चरणमा पुगेको पनि भारतीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार