भारतबाट फर्किएकालाई सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७८, आईतवार समाचार

काठमाडौँ । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

तीन साताको अवधिमै केद्रले तीन हजार ५०० जनालाई खाजा खुवाएको छ । भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पु¥याइएपछि खाजा खुवाइने गरिएको छ । खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ ।

खाजा वितरणका लागि चार कर्मचारीलाई बिहान ६ः०० बजेदेखि दिउँसोसम्म खटाइने गरिएको छ । “कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ”, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भने, “त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ ।”

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए । अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन । घर फर्र्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताउनुभयो । डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार