बारबर्दियाको पहल : टोलटोलमा शिक्षक, अभिभावक ‘गृहशिक्षक’

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०७८, शनिबार शिक्षा

बर्दिया । कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा कायम रहेको स्थितिमा नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने भएकाले बर्दियाको बारबर्दिया नगरपालिकाले सिकाइ निरन्तरताका लागि विद्यार्थीको घरघरमै शिक्षक पठाउने भएको छ । नगरपालिकाले सिकाइमा सघाउन अभिभावकलाई गृह शिक्षकका रुपमा जिम्मेवारी दिने नीति पनि लिएको छ । सो पालिकाले शैक्षिकसत्र २०७७ वार्षिक परीक्षाफल प्रकाशन गरी नेपाल सरकारको निर्णयानुसार आउँदो असार १ गतेदेखि शैक्षिकसत्रको आरम्भ गर्दैछ ।

नगरप्रमुख दुर्गाबहादुर थारु ‘कवीर’ ले महामारीका बेलामा भौतिक उपस्थितिमा विद्यालय खोल्न नसकिने भएकाले विद्यार्थीको सही सिकाइ र बुझाइ अभ्यासका लागि टोलटोलमा घुम्ती शिक्षक परिचालन गरी वैकल्पिक विधिबाट शैक्षिक वर्ष अघि बढाउने तयारी गरेको बताए । नेपालकै पहिलो नगरस्तरीय परीक्षाफल प्रकाशन गरेको दाबी गर्ने सो नगरपालिकाले अब घरघरमा आफ्नो विद्यालय सेवाक्षेत्रका विद्यार्थी भर्ना, अभिलेखीकरण र पाठ्यपुस्तक वितरण अभियान सञ्चालन तथा अभिभावकलाई गृह शिक्षक नियुक्ति गर्ने प्रमुख थारुले बताए । उनले भने, ‘‘अभिभावकले आफ्नो छोराछोरीको पढाइको रेखदेख गर्न सक्नुपर्ने भएकाले उनीहरुलाई गृह शिक्षक बनाएर सहयोग लिँदैछौँ ।’’

नगरपालिका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईँले महामारी सामान्य नभएसम्मका भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नहुने र वैकल्पिक माध्यमबाट शैक्षिक कार्यक्रम अगाडि बढाउन कार्यविधि तय गरिएको बताए । सो पालिकामा १५ वटा सामुदायिक र ४२ वटा निजी गरी कूल ५७ विद्यालय छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार