खानीखोला, काभ्रे । आहाना नेपाल फाउण्डेशनले स्वास्थ्य तथा शैक्षिक सागम्री सहयोग गरेको छ । फाउण्डेसनले जिल्लाको विट क्षेत्र खानीखोला गाउँपालिकामा कोरोना महामारी संक्रमण रोकथाम तथा फैलिन नदिन सबै वडामा पुगेर माक्स, साइनेक्स, साबुन लगयातका स्वास्थ्य सामग्री वितरणसँगै एक विद्यालयलाई शैक्षिक ठनपानको लागि अवश्यक सागम्री सहयोग हो ।
समाजसेवी सागर जिम्बाको अुनसार प्रत्येक वडाका नागरिकलाई साबुन एक हजार थान, कोरियन कालो माक्स एक हजार र साइनेक्स दुई थान स्वास्थ्य सामग्री वितरण गरिएको हो । उनले स्वास्थ्य सामाग्री युवा नेता समाजसेवि इन्द्रबहादुर थिङ (छिन्ताङ), दैबलाल घिसिङ (अनुशिल), दावा घिसिङ, समाजसेवी भिम घिसिङ लगायतको उपस्थितिमा वितरण गरेको बताए । फाउण्डेसनद्धारा गाउँपालिकाका नागरिकसँगै एक विद्यालयमा पनि स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाई छ ।
युवा नेता तथा समाजसेवी अविरल जिम्बाले पिडिएम संस्था फ्रान्सको आर्थिक सहयोग तथा आहाना फाउण्डेशनको समन्वयमा खानीखोला–३ स्थित् भृकुटी माध्यमिक विद्यालयमा डेस्क, बेन्च, अफिस दराज, टेबल, ल्याप्टप, प्रिन्टर, प्रोजेक्टर लगायत शैक्षिक पठनपाठनको लागि आवश्यक सामग्री सहयोग गरेको बताए । उनले भूकम्पपछि विद्यालयको अवस्था अत्यन्तै नजुक अवस्थामा देएिपछि मनले थप्न नसकेर आफुले सहायोगी दाताहरुसँग सल्लाह गरी सो सामग्री सहयोग गरेको बताए । विद्यालयलाई ल्यापटप लगायत अन्य भौतिक सामाग्रीहरु भने जिम्वाद्धयको रोहबरमा निषेधाज्ञा अगाडि हस्तान्तरण गरेका हुन् ।
त्यस्तै विद्यालयका प्रधानध्यापक निलबहादुर वाईबाले ल्याप्टप, बेन्च आदिले विद्यालयको शैक्षिक गुणस्तरमा थप सहयोग पुग्ने बताए । विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष जीवन घिसिङले विद्यालयलाई एकपछि अर्को अमुल्य सहयोग गरेकोमा अविरल र सागरसँगै फाउण्डेसनका भीम गोले, चन्द्रकला राई, कृष्ण लामा, टेक बहालुर तामाङ र कमला तामाङलाई लगायतलाई धन्यवाद दिएका छन् । विद्यालयमा उपलब्ध पुरानो बेन्च लगायतका पठनपाठन सामग्री अभावका कारण विद्यार्थीहरु भुईमा बसेर पढ्न बाध्य थियो । आधुनिक बेन्चमा बसेर पढ्न पाउँदा विद्यार्थीहरु खुशी देखिएका छन् । ‘भुई बसेर पढ्नु पर्ने अवस्थाको अन्त्य हुँदा म त खुशीले गदगद भएको छु,’ एक विद्यार्थीले भने ‘अब त नियमति विद्यालय आउँछु ।’
यसअघि पनि जिम्बा दाजुभाईको पहलामा उक्त विद्यालयलका विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरेको थियो । त्यसैगरी खानीखोला–३ चित्रेस्थित् केन्द्र ज्योति प्राथामिक विद्यालयमा कोरियन प्रविधिको भूकम्प प्रतिरोधि भवन निमार्ण गरेका थिए ।