ढुङ्गा खस्दा चाला गुम्बामा ८० लाखको क्षति

उज्यालो प्रतिनिधि २८ जेष्ठ २०७८, शुक्रबार समाचार

काठमाडौँ । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पु¥याएपछि गुम्बामा रु ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए । “गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पु¥याएको छ”, लामाले भने, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।”

लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै रु ८० लाख बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताए । ढुङ्गाले रु ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले रु ८० लाख बराबरको क्षति पुगेको हो”, वडाध्यक्ष तामाङले थपे ।

लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार