गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

उज्यालो प्रतिनिधि २८ जेष्ठ २०७८, शुक्रबार समाचार

गण्डकी । गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएकामा एक जना तटस्थ बसे ।

मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै अब प्रदेश प्रमुखले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्नेछ । प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहितको दाबी पेस गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मतमाथि बिहीबार मतविभाजन हुँदा विपक्षमा पनि बहुमत पुगेको थिएन । तसर्थ बहुमतको दाबी अरू कुनै सांसदले पुर्‍याउन नसक्दा ६ महिनाभित्र सम्पन्न गर्ने गरी निर्वाचन घोषणासहित प्रदेशसभा भंग हुनेछ ।

प्रदेशसभामा एमालेबाट २७, कांग्रेसबाट १५, माओवादी केन्द्रबाट १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे भने बिहीबार मतविभाजन हुँदा अनुपस्थित भए । उनले विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन् ।

जनमोर्चाका तीनमध्ये दुई सांसदले बिहीबार विपक्षमा मतदान गरे । कृष्ण थापा तटस्थ रहे । मनाङेले साथ दिए भने कांग्रेस नेतृत्वमा सरकार गठन हुन सक्छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार